दाङ, १५ फागुन- तुलसीपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
रा४प ४४१० नम्बरको मोटरसाइकल बुधबार सवा ७ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ८ चमीखोलामा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरले दुर्घटनामा मोटरसाइकल पछाडि सवार ३५ वर्षीय कविराम चौधरीको मृत्यु भएको जानकारी दिए ।
चौधरी तुलसीपुर उपमहानगरपालिकाका सरसफाइ कर्मचारी हुन् । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका– ८ का ४८ वर्षीय लक्ष्मीप्रसाद थारु घाइते भएका छन् ।