काठमाण्डू, १५ फागुन- पश्चिमी वायूको आंशिक प्रभावका कारण आज र भोलि देशका अधिकांश स्थानमा वर्षात हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भू भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।