नेपाली समाज अराजक बनेकाले रोक्न काँग्रेस-एमाले मिल्यौंः शंकर पोखरेल

काठमाण्डु टुडे २०८१ फागुन १४ गते २१:०७ मा प्रकाशित

काठमाण्डू, १४ फागुन । एमाले महासचिव शंकर पोखरेलले देश आर्थिकरूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको बताएका छन् ।

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सोही कारण बलियो सरकार चाहिएकाले ठूला दुई राजनीतिक दल काँग्रेस र एमाले मिलेर सरकार बनाएको जिकिर पोखरेलले गरे ।

साना पार्टीले ठूला पार्टीलाई घुर्क्याएर शासन गर्ने गलत संस्कार रोक्न आफूहरु मिलेको उनको भनाइ थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरुको सहयोगमा प्रधानमन्त्री बनेको कुरालाई समेत बिर्सिएर ठूला दलमाथि शासन गर्न सुरु गरेपछि दुई दल मिलेको तर्क उनले गरे ।

देशमा बढ्दै गरेको असन्तुष्टिले अराजकता निम्त्याउने भन्दै पोखरेलले त्यसलाई परास्त नगरी आफूहरु अघि बढ्न नसक्ने भएकाले दुई दल मिलेको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us