काठमाण्डू, १४ फागुन– धादिङमा ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धादिङको गुजुरी गाउँपालिका –६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
गल्छी गाउँपालिका–३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याङ्कर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
बा।प्र ०१–००४ क ३३५२ नं.को पानी ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।
दुर्घनामा परेर घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो ।
दुर्घटनामा गजुरी गाउँपालिका–६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाण्डू रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।