धादिङ, १४ फागुन -धादिङमा बुधबार ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बाप्र०१९००४क३३५२ नम्बरको पानी ट्याङकर गल्छी गाउँपालिका९३ मा दुर्घटना भएको हो । दुर्घटनामा परी गुजुरीका जयराम चेपाङ र १८ वर्षीय प्रशान्त चेपाङको मृत्यु भएको छ ।
आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याङ्कर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५ सय मिटर तल खसेको धादिङ प्रहरीका डीएसपी सुवास हमालले जानकारी दिए । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् ।