काठमाण्डू, १३ फागुन- अचेत अवस्थामा भेटिएका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव ३६ वर्षीय रवि थापाको मृत्यु भएको छ ।
धादिङको धुनिबेशी नगरपालिका ८ का थापा काठमाण्डू महानगरपालिका १४ कलंकीका शिव कुँवरको घरमा सोमबार अचेत अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराले घटनास्थलबाट सुसाइट नोट भेटिएको बताए ।
नोटमा थापाले साथीहरुले विश्वास नगरेको र परिवारमा पनि समस्या रहेको उल्लेख गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।