काठमाण्डू, १३ फागुन– सत्ता घटक दल नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरेको आरोप लगाएका छन् ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गैरेले यस्तो बताएका हुन । एमाले सांसद गैरेले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडिओ सन्देशले सहिदहरूको अपमान गरेको समेत बताएका छन ।
उनले भने, ‘फागुन ७ गते पूर्वराजाले नेपालका सहिदहरू, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने सहिदहरूप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरे ।’
सांसद गैरेले पूर्व राजा शाहले संविधान उल्लंघन र निरंकुशता लाद्ने काम गरेकै कारण राजतन्त्र समाप्त भएको पनि पनि बताएका छन । उनले भने, ‘संविधानले यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस् । हामीलाई कुनै आपत्ति छैन् ।
तर, संविधान उल्लंघनको कोसिस भयो भने राजतन्त्रको समाप्तीलाई कसैले रोक्न सक्ने छैन्, ‘राजाले ज्ञानेन्द्रले संविधान उल्लंघन गर्ने कोशिस गरे । संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोशिस गरे ।
निरंकुशता लाद्ने र दलहरूलाई बन्दे लाउने कोशिस गरे । त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो ।’