काठमाण्डू, १३ फागुन– अब बाढी, पहिरो जस्ता मनसुनजन्य घटनामा परी बेपत्ता भएका परिवारले मृतकसरह राहत पाउने भएका छन ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई यस्तो राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन ।
उनका अनुसार त्यस्तो विपद्मा बेपत्ता भएको व्यक्ति १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको हो ।