काठमाण्डू, १३ फागुन– सत्ता घटक दल नेकपा एमालेका सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरेर ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मै पठाउन उचित हुने दाबी गरेका छन ।
आज मंगलबा बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद पन्तले यस्तो धारणा व्यक्त गरेका हुन । उनले भने, ‘सरकारले विद्यार्थीलाई सुरक्षाको ग्यारेन्टीको अनुभूति गरेर अहिले पढेको विश्वविद्यलायमा पठाउनु उचित हुन्छ ।’
उनले क्रेडिट आवर मिलाएर आएमा नेपालका काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने भनिरहेका बेला सांसद पन्तले विद्यार्थीलाई क्रेडिट आवर मिलाउन समस्या हुने भएकाले अहिले जुन विश्वविद्यालयमा पढिरहेको हो त्यसैमा पठाउन उचित हुने पनि बताएका छन ।
उनले भने, ‘केआईआईटीबाट फर्किएको विद्यार्थीलाई क्रेडिट आवर मिलाएर आए यहीँ पढाउन सकिन्छ भन्ने दिशातर्फ केयू र पूर्वाञ्चाल विश्वविद्यालयले वर्कआउट गरेको समाचार आएको छ, ‘क्रेडिट आवर मिलाउन अलि जटिल हुन सक्छ ।’