छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान

काठमाण्डु टुडे २०८१ फागुन १३ गते १४:४० मा प्रकाशित

काठमाण्डू, १३ फागुन– नेकपा एमाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन ।

उनले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण सिट अझै खाली रहेको सूचना पाएको बताउँदै आवेदन दिन आह्वान गरेका छन ।

उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु। खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला। आवेदन पठाउने ठेगाना यहाँ राखिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us