मेयर बालेन सम्झिँदै ज्ञानबहादुर शाहीले भने– ओली सरकारबाट भलो भएन

काठमाण्डु टुडे २०८१ फागुन १३ गते १४:०५ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले काठमाण्डू महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसद्मा उठाएका छन् ।

मंगलबार पनि उनले यो विषय उठाएका थिए । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर संघीय सरकारको आलोचना गरेका छन ।

उनले भने, ‘गाउँ गाउँमा सिंह गयो, दरबार गएन, ओली सरकारबाट जनताको कहिले पनि भलो भएन, ‘ काठमाण्डू महानगरपालिका सहित देशका धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्बन्धित स्थानीय तहबाट हुने सेवा प्रवाहमा असर परेको उनले बताए । उनले तलब रोकिँदा शिक्षक र कर्मचारी पनि समस्यामा परेको पनि बताएका छन ।

‘काठमाण्डू महानगरपालिकामा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन । यो ओली सरकारलाई त्यसको पाप लाग्ला,’ शाहीले भने । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाण्डू महानगरपालिकाका शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीले पनि तलब पाउन नसकेको भन्दै उनले ओली सरकारको आलोचना गरे ।

‘८३ हजार ५५८ निजामती कर्मचारी नेताको घरमा चाकडी गर्न र उनीहरूको घरदैलो अभियानका लागि नियुक्ति गरेको हो ? ’ आक्रोशित हुँदै सांसद शाहीले सोधे ।

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह जस्तासँग डर लागे स्थानीय तहको चुनाव नै नगर्ने बाटो अवलम्बन गर्न उनले संघीय सरकारलाई चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us