ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन १३ गते १३:१२ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– ललितपुमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२१ ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जन रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिक सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले महर्जन सवार साइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते महर्जनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us