प्रकृतिका बुवासँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद, सान्त्वना दिँदै भने: सम्हालिनुस्

काठमाण्डु टुडे २०८१ फागुन १३ गते ११:१८ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी प्रकृति लम्सालका आमा–बुवासँग टेलिफोन सम्वाद गरेका छन ।

कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुवालाई सान्त्वना दिँदै घटनाबाट आफूलाई निकै दुःख लागेको बताएका थिए ।प सम्हालिन आग्रह गर्दै ओलीले भने, ‘भइसकेको कुरा फर्काउन सकिँदैन, नहुने कुरा भइसक्यो ।’कुराकानीको चाँजोपाँजो महेश बस्नेतले मिलाएका थिए ।

प्रधानमन्त्री ओलीले सुरुमा क्याम्पसको पछिल्लो अवस्थाबारे सोधेका थिए । प्रकृतिका बुवा सुनिलले क्याम्पसतिरको स्थितिबारे जानकारी नभएको बताएकी थिए ।

उनले प्रकृतिको मृत्युको अनुसन्धान भने भइरहेको जानकारी पाएको बताए । पोष्टमार्टम रिपोर्ट आइसकेको र फरेन्सिक जाँचको प्रगति थाहा भने नभएको उनले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रकृतिका बुवा सुनिलले आगामी दिनमा यस्ता घटना नहोस् भनेर राज्यले पहल गरिदिनुपर्ने बताएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले घटनालाई चासोपूर्वक हेरिरहेको बताए । ‘हामीले चासो दिएका छौं सुरुदेखि नै । सार्वजनिक रुपमा पनि चासो दिएका छौं,’ ओलीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us