प्रचण्डको आरोपः पूँजीपतिहरुको घुस खाएर वर्तामान सरकार बनेको हो

काठमाण्डु टुडे २०८१ फागुन १२ गते १७:१८ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान (कांग्रेस–एमाले) नेतृत्वको गठबन्धन सरकार पूँजीपतिहरुसँग घुस खाएर निर्माण भएको आरोप लगाएका छन ।

आज (सोमबार) झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकबाट एक महिने तराई–मधेश जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन ।

प्रचण्डले यो देशका ठुला पूँजीपतिहरुले आफ्नो घरमा कांग्रेस–एमालेका नेताहरु बोलाएर यो सरकार बनाएको दाबी गरेका छन । प्रचण्डले भने, ‘ नेताहरूको आपसी छलफल गरेर यो बनेको होइन, ठूला पूँजीपतिहरुले आफ्नो घरमा बोलाएर बनाएको हो,’ प्रचण्डले भने, ‘पूँजीपतिहरूको घुस खाएर बनेको सरकार हो यो ।’

आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि नेपाली कांग्रेस र नेकपा एमालेको अप्राकृतिक सरकार बनेको पनि प्रचण्डले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us