काठमाण्डू, १२ फागुन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनः अन्नतले पूर्व राजा ज्ञानेन्द्र शाहालाई वर्तमान व्यवस्था पल्टाउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनैती दिएका छन ।
आज (सोमबार) झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा आयोजित हुलाकी राजमार्ग केन्द्रीत एक महिने तराई–मधेश जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमहासचिव पुन ले यस्तो बताएका हुन ।
माओवादी उपमहासचिव पुनले जागरुक भईसकेका जनता कुनै पनि तानाशाही व्यवस्थाको पक्षमा नरेको पनि बताएका छन । उनले जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए ।
‘तानाशाहहरु, प्रतिगामीहरु सामान्तहरु पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याई राखेका छन्, अपिल गरिराखेका छन्’ पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिहरुमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरु हिंडिराखेका छन् ।
खबरदार, त्यो दिवासपना नदेखे हुन्छ । जनता फेरि जाग्नेछन् ।’ उनले काठमाण्डू केन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए ।
१०औं हजारको बलिदानले स्थापित गरेको व्यवस्थालाई बचाउन र सर्भिसिङमार्फत लोकतान्त्रिक गणतन्त्रमा लाखेको फोहोर सफा गर्न आफूहरु अभियान लिएर जनतामा आएको पुनले उल्लेख गरे । रेक्सन गर्नुस् ।
‘हामीले क्रान्ति सजिलै गरेका होइनौं । कमरेड प्रचण्डको नेतृत्वमा हामीले धेरै दुःख, कष्ट र १०औं कजारको दलिदानी गरेर देशलाई यहाँसम्म ल्याएका हौं’, उनले भने, ‘केही मान्छेले हाम्रो धैर्यता र लचकतालाई कमजोरी ठान्छन भने उनीहरुले पछुताउनुपर्नेछ ।’
पुनले वर्तमान व्यवस्था जोगाउन जस्तोसुकै बदिलानीका लागि पनि आफूहरु तयार रहेको बताए । पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरका थिए ।
ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति मुलधारका राजनीतिक दलका नेताहरुले सदनभित्र र बाहिरबाट प्रतिवाद गरेका छन् । पुनले दुई तिहाइको दुहाई दिएर सत्तामा बसेका काँग्रेस र एमालेले जनभावना अनुसार शासन सत्ता सञ्चालन नगरेको आरोप लगाए ।
जनताको भावनाविपरीत अघि बढे उनीहरुलाई पनि जनताले बढार्ने दिन आउने चेतावनी उनले दिए । पुनले लोकतन्त्रमा मनोमानी ढंगले चल्ने शासकको हालत के हुन्छ भन्ने ऋलंका र बंगलादेशका हालैका राजनीतिक घटनाक्रमबाट सिक्न सत्तासीनहरुलाई आग्रह गरे ।