काठमाण्डू, १२ फागुन– प्रहरीले २३ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लिखु गाउँपालिका–५ बस्ने ५९ बर्षीय नेत्रबहादुर नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालीले ति महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी यसमबाट खटिएको प्रहरीले नेत्रबाहादुरलाई पक्राउ गरेको हो ।
साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।