स्वास्थ्यमन्त्री लाचार देख्दा दुःख लाग्यो: रास्वपा सांसद कार्की

काठमाण्डु टुडे २०८१ फागुन १२ गते १४:३६ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिताबारे सरकारको ध्यानाकर्षण गराएकी छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद कार्कीले यस्तो बताएकी हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ‘स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न सकिएन, बजेट पुगेन’ भनेको स्मरण गरिन ।

‘जनसंख्या बीमाको रकम पाँच लखा पुर्याउँछु भन्ने महत्त्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्युबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिनुभएको अभिव्यक्ति सुन्दा दुःख लागेको छ,’ उनले भनिन् ।

चल्ने बेलामा हामीले यस्तो कार्यक्रम ल्यायौं भनेर जस लिने तर समस्या पर्न थालेपछि अलपत्र छाडिदिने प्रवृति उचित नरहेको उनले बताइन् । ‘चल्ने बेलामा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बषौंसम्म जम्मा २६ देखि २८ प्रतिशतसम्म पहुँच राखेर आजसम्म यो कार्यक्रमलाई धरासायी बनाएपछि हतोत्साहित हुने बानी राम्रो भएन,’ उनले भनिन् ।

सल्लाह र सुझाव दिन आफूहरू तयार रहेको उनले बताइन् । अगाडि भन्छिन्, ‘यदि सल्लाहार छैनन्, उयपुक्त सल्लाह लिन सकिँदैन, यसमा अध्ययन, तथ्याङ्कगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला हामी सल्लाह सुझाव दिन तयार छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us