काठमाण्डू, १२ फागुन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको स्पष्ट पारेको छ ।
आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले यस्तो बताएका हुन ।
उनले भने, ‘एकीकृत समाजवादीका लागि एमसीसी कहिलयै ठिक रहेन । हामीले कसरी मात्रै ठिक रहन्छ भन्नेमात्रै प्रश्न भनेका हौं । व्याख्यात्मक टिप्पणीमा पनि केही समस्या हुनसक्छन् । हामीले स्वीकार गर्छौं ।’
उनले एमसीसी संसद्बाट पारित भएकाले यसको अनुगमन पनि संसदीय रुपमै हुनपर्ने कुरा आफ्नो पार्टीले सुरुदेखि नै भनिरहेको पनि बताएका छन ।
उनले भने, ‘एमसीसी संविधानसँग बाझ्ने कुरामा, हाम्रो सबैभन्दा ठूलो कुरा छ । तयसको लेखापरीक्षण लगायतका तमाम कुरामा हाम्रो रिजर्भेसन रहेको हो, ‘नेकपा एकीकृत समाजवादी संस्थागथ रुपमा एमसीसीको पक्षमा रहेन भन्ने कुरा हामी जानकारी गराउँछौं ।
यो संसद्बाट पारित भएकाले अनुगमन पनि संसदीय हुनुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं ।’