नवलपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

काठमाण्डु टुडे २०८१ फागुन १२ गते १३:३९ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका ६ फापरबारीका ३२ वर्षीय नरबहादुर बाइवा रहेको प्रहरीले जानकारी दिएको छ । ना १ क ९१२९ नम्बरको टिपर शनिबार अपराह्न सडक छेउँमा पल्टिँदा बाइवाको मृत्यु भएको हो ।

उनी सोही टिपरका चालक हुन् । टिपरले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार पाल्पाबाट चुनढुंगा बोकेर नवलपुरको विनयी त्रिवेणी–१ स्थित होङ्सी सिमेन्ट उद्योगतर्फ आउने क्रममा टिपर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र पर्साको वीरगञ्ज उपमहानगरपालिकाका ताज महमद हावारी घाइते भएका छन् । उनीहरु स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us