ललितपुर महानगरपालिकाले भत्कायो घर–टहरा

काठमाण्डु टुडे २०८१ फागुन १२ गते १३:१४ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– लितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको छ ।

महानगरपालिकाले आज सोमबार घर–टहरा भत्काउने काम सुरु गरेको हो । लगनखेलमा अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घर टहराहरु भत्काइएको महानगरपालिकाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us