लमजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ फागुन १२ गते १२:३६ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– आज सोमबार लमजुङमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us