काठमाण्डू, ११ फागुन– प्रहरीले कास्कीबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ लुम्रेपाखा बस्ने ५९ बर्षीय मन बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।
विकलाई भरुवा बन्दुक २ थान र बारुद सहित शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।