सुरु भयो केपी ओली कप

काठमाण्डु टुडे २०८१ फागुन ११ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । भक्तपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको यो प्रतियोगिताका खेलहरू एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन् ।

आगामी १९ फागुनसम्म हुने प्रतियोगिताको उद्घाटन खेल उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच जारी छ ।

खेलअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन एन्फा कम्प्लेक्समै मनाइएको थियो । प्रतियोगितामा ए डिभिजन क्लब र विदेशी क्लब गरी ९ टोलीको सहभागिता हुने युवा संघले जनाएको छ ।

६ वटा ए डिभिजन क्लब, दुई विदेशी तथा एक आयोजक क्लब गरी ९ टिमले प्रतियोगितामा भाग लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us