काठमाण्डू, ११ फागुन– पूर्व मन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकाले सुकुम्वासीहरुलाई जग्गा दिने नै हो भने खोला खोल्सा र वनाको जग्गा नभइ गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा दिन माग गरेका छन ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै माओवादी सांसद पौडेलले यस्तो बताएका हुन । साथै उनले माओवादी समाजवादी प्रणालीमा जाने कित्ता क्लियर रहेको पनि बताएका छन ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘उत्पीडित जनताको हित गर्ने समाजवाद माओवादीको कित्ता हो’, उनले अध्यादेशको प्रसंगमा भने, ‘सुकुम्वासीलाई सडक, वन र खोलाको जग्गा दिने होइन ।
दिने नै हो भने गिरीबन्धु टिस्टेटको जग्गा प्लटिङ गरेर दिइयोस्, छाला जुत्ताको जग्गा दिइयोस् माओवादी सहयोग गर्न तयार छ ।’