प्रधानमन्त्री ओलीले भनेः एन्फा कम्प्लेक्समा शुभकामना आदानप्रदान गरौँला

काठमाण्डु टुडे २०८१ फागुन ११ गते १२:२६ मा प्रकाशित

Edited in Prisma app with Dallas

काठमाण्डू, ११ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) हुने केपी ओली कप फुटबल प्रतियोगिता हेर्न एन्फा कम्प्लेक्स जाने तयारी गरेका छन ।

आज प्रधानमन्त्री ओलीको जन्म दिन समेत हो । जन्म दिनको अवसरमा प्रधानमन्त्री ओलीले यो पटक विशेष कुनै कार्यक्रम नराखेको जनाएका छन् ।

आज (आइतबार) बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन ।

आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us