पूर्वराजालक्षित प्रचण्डको टिप्पणीः रछ्यानमा मिल्काइएकाहरू दिवास्वप्नमा छन्

काठमाण्डु टुडे २०८१ फागुन १० गते १५:२५ मा प्रकाशित

काठमाण्डू, १० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै रछ्यानमा मिल्काइएका तत्त्वहरूले आफूअनुकूल व्याख्या गर्न थालेको दाबी गरेका छन ।

आज शनिबार माओवादी केन्द्रले मुख्यालय पेसिरडाँडामा आयोजना गरेको । गरेको ‘स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण’को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

प्रचण्डले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको अभिव्यक्तिमा उक्त टिप्पणी गरेका हुन् । उनले दिन–प्रतिदिन कमजोर बन्दै गएको सरकारको प्रस्तुतिलाई विभिन्न तत्वहरुले आफू अनुकूलबाट व्याख्या गर्ने प्रयास गरिरहेको पनि बताएका छन ।

इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरुले पनि आफूअनुकूल व्याख्या गर्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको पनि उनले बतएका छन । उनले भने, ‘सरकारको पर्फरमेन्स दिन–प्रतिदिन नराम्रो हुँदै गएको छ ।

जनतामा दिन–प्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आ–आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन् ।

अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us