अभिनेता रायमाझीलाई पितृशोक

काठमाण्डु टुडे २०८१ फागुन १० गते १२:५१ मा प्रकाशित

काठमाण्डू, १० फागुन– अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्दकुमार रायमाझीको गएराति कीर्तिपुर अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

७८ वर्षका उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाण्डू आइपुगेका थिए ।

दिलीपका बुबाको पार्थिव शरीरलाई आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us