ज्ञानेन्द्रको अभिव्यक्तिले हामी राजावादीहरु उत्साहित भएका छौंः कमल थापा

काठमाण्डु टुडे २०८१ फागुन ९ गते २०:०४ मा प्रकाशित

DPM and Minister for Energy Kamal Thapa speaks to media after a meeting of the Council of Ministers at Singha Durbar, Kathmandu, on Friday, November 24, 2017. Photo: RSS

मकवानपुर, ९ फागुन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका दिन ७ फागुनमा गरेको आह्वानले

राजतन्त्र पक्षधरको माहोल बलियो भएको दाबी गरेका छन् ।

गृहजिल्ला मकवानपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले शाहको आह्वानले संघीयता खारेजी र राजसंस्था पुनर्स्थापनाको एजेण्डा पुरा हुने विश्वास व्यक्त गरे ।

विगतमा राप्रपा नेपालले बोकेको एजेण्डामा देशका बहुमत नागरिकहरु रहेको दाबी थापाको छ । थापाले देशमा राजतन्त्र फर्काएरै छाड्ने अठोट व्यक्त गरे । गणतन्त्रवादी राजनीतिक दलहरुप्रति जनताको घृणा बढ्दै गएकाले देशमा नेतृत्व आवश्यक रहेको जिकिर उनको थियो । थापाले ठूला दलहरु दलहरुले देशलाई ब्रम्हलुट गरेको आरोप लगाए ।

युवाहरु विदेश पलायन हुँदा क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेको उनले औंल्याए । अर्थतन्त्रमा अहिलेकै अवस्था विद्यमान रहे सरकारले कर्मचारीलाई तलब भत्ता र सामाजिक सुरक्षा भत्ता दिन नसक्ने जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us