पूर्वराजा ज्ञानेन्द्रलाई माओवादीले भन्योः ठण्डा दिमागले सोच्नू

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १९:५७ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहितको अभिव्यक्तिबारे पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘राजा फर्किने कुनै सम्भावना छैन । ज्ञानेन्द्र शाहले पनि अलि ठण्डा  दिमागले शान्त चित्तले सोच्नुभयो भने उहाँले शासन गर्दा के थियो, अहिले उहाँले गणतन्त्र भएकै कारणले राम्रोसँग बोल्न पाउनुभयो ।’

उनले एउटा नागरिकको हैसियतले बोल्न छुट भएर बोलेको भएपनि राजतन्त्र फर्किने कुरा असम्भव रहेको जिकिर गरे ।

उनले केही न केही गर्नु परेकाले राप्रपाले ज्ञानेन्द्रको अभिव्यक्ति र वर्तमान सरकारको कुशासनका कारण आत्मबल बढेको देखाएको टिप्पणी उनको थियो ।

‘सरकारमा बस्नेहरु भ्रष्टाचारमा लिप्त भएको कुराले उनीहरुले मुख मिठ्याएका होलान्’, पापकोटाले भने, ‘ जनता परिवर्तन र अग्रमनको पक्षमा छन् । जनता लोकतन्त्रको विकल्पमा छैनन् ।’

फरक प्रसंगमा उनले पूर्वराजाबाट भन्दा सत्तामा भएकाहरुबाट व्यवस्थामाथि बढी खतरा रहेको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us