परराष्ट्रमन्त्री राणा जेनेभा जाने

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १९:३६ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभा जाने भएकी छन् ।

संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ५८ औं उच्चस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतनिधि मण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नेछिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार फेब्रुअरी २४ बाट २६ सम्म बैठक हुनेछ । पहिलो दिनमै राणाको सम्बोधन तय भएको छ ।

जेनेभामा राणाले अन्तर्राष्ट्रिय सन्स्थाका अधिकारीहरुसग भेटघाट गर्ने तथा सन २०२७ बाट २०२९ सम्मको कार्यकालको लागि मानव अधिकार परिषद सदस्यता दिन लागेको नेपाललाई सहयोग माग्नेछिन् ।
राणा फेब्रुअरी २८ मा स्वदेश फर्किने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us