टुँडिखेलमा मनाइयो ७५औं प्रजातन्त्र दिवस

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १२:५६ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– काठमाण्डूको टुँडिखेलमा ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मानाइएको हो ।

कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, खेल कौशल देखाइएको थियो । वि.सं.२००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us