काठमाण्डू, ७ फागुन– आज ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।
२००७ साल फागुन ७ गते आजकैका दिन जहाँनिया राणाशासन अन्त्य भएर प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियभा अध्यक्ष नारायण दाहाल, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी, सबै सुरक्षा अंगका प्रमुख लगायत सहभागी हुनेछन् ।
कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शीहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।