कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी

काठमाण्डु टुडे २०८१ फागुन ६ गते १७:०५ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– उच्च अदालत पोखराले पोखरामा हुने भनिएको कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत पोखराका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

कोटीहोम रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । कोटीहोम आयोजक मानव सेवा फाउन्डेसन सहित १० जनालाई प्रतिवादी बनाएर अधिवक्ताहरू भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले २ फागुनमा रिट निवेदन दर्ता गराएका थिए । फेवातालको सिमसार क्षेत्रमा कोटीहोम गर्न नहुने उनीहरूको माग रहेको छ ।

महायज्ञ गर्ने भनिएको ठाउँ तालको ६५ मिटर मापदण्डभित्र पर्छ । रिटमा वर, पीपल, शमी जातका चौतारीका रुख कटान गर्नेविरुद्ध कानुनी कारबाहीको माग समेत गरिएको छ । पोखराका सयौँ वर्ष पुराना रुखहरू हवनको लागि भन्दै फाउन्डेसनले काटेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us