अध्यादेशहरूको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाण्डु टुडे २०८१ फागुन ६ गते १६:५६ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज मंगलबार एकीकृत समाजवादीको मुख्यालयको आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकश ज्वालाले यस्तो बताएका हुन ।

उनले भने, ‘अध्यादेशलाई समर्थन गर्न सकिने अवस्था छैन । त्यसैले प्रक्रियामा लगिए विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं ।’ देशको हितमा नभएकाले अध्यादेश अस्वीकृत गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले जानकारी दिएका छन ।

उनले भने, ‘नियमित संसदमा नल्याएर अध्यादेश ल्याउनुको पछाडि गलत नियतले काम गरेको छ । अन्तर्वस्तुमा पनि सहमति जनाउन सकिने अवस्था छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us