कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजे: ऊर्जामन्त्री

काठमाण्डु टुडे २०८१ फागुन ६ गते १६:१५ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजको आरोप लागाएकी छन ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजको र सरकारलाई नटेरेको बताए ।

उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभए पनि सदस्य परिवर्तन गर्नुपरेको पनि बताएका छन । उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको बताएकी छन ।

उनले बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत् प्रवाहलाई सहज ढङ्गले सुचारु गरिएको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us