काठमाण्डू, ६ फागुन– रास्वपाका सांसद मनीष झाले नेपालीको आत्मसम्मान गुमेको बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा सांसद झाले यस्तो बताएका हुन ।
उनले सरकारको कूटनीतिक कमजोरीले नेपाली नागरिकको आत्मसम्मान गुमेको बताएको छ झाले सरकारको असफलताको कारण विदेशमा रहेका नेपाली असुरक्षितसमेत रहेको आरोप लगाए ।
भारतमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले ज्यान गुमाइन् । यो एउटा घटना विशेषको रूपमा सीमित नभई आचरण र प्रवृत्तिमा जान चाहन्छु,’ सांसद झाले भने, ‘हाम्रो कूटनीति कतिसम्म कमजोर भयो कि कलेजको एउटा सुरक्षा गार्डले नेपाली नागरिकलाई कुटेको छ ।
तेरो देशको बजेट त यो कलेजको बजेट जति पनि छैन भनेर अपमान गरेको छ । यसले नागरिकको आत्मसम्मान र सुरक्षा छैन भन्ने देखाएको छ ।’ कूटनीतिक रूपमा सरकार असफल भएको भन्दै सांसद झाले नेपाली कूटनीति नै पुनः परिभाषित गर्नुपर्ने बेला आएको बताए ।
प्रतिनिधिसभाको विपक्षी दल रास्वपा सांसद् झाले भारतीय दूतावासमा रहेको जनशक्तिले भारतमा रहेका नेपालीको जिम्मेवारी लिन नसक्ने अवस्था रहेको पनि बताए । उनले भने, ‘विभिन्न खाले रोजगारीका लागि करिब २२ लाख नेपाली भारतमा छन् ।
२० हजारजति विद्यार्थी विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन् । नेपाली दूतावासमा राजनीतिक दानदक्षिणको आधारमा पुगेका १६ जना कर्मचारी छन्, ‘एक जना कर्मचारीको भागमा एक लाख ३७ हजार नागरिकको जिम्मा पर्नेरहेछ ।
यो जनशक्तिले कसरी जिम्मेवारी पूरा गर्न सक्छ ?’