सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना श्रेष्ठ

काठमाण्डु टुडे २०८१ फागुन ६ गते १४:१६ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा सभामुख देवराज घिमिरेले बोल्न बोलाउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुनमा श्रेष्ठ बोलिनन् ।

पहिलो पटक बोलाउँदा सांसद श्रेष्ठ नबोलेपछि सभामुख घिमिरेले दोस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि तेस्रो पटक बोलाए । त्यसमा पनि नबोलाएपछि अर्का सांसद सुहाङ नेम्बाङलाई बोल्न समय दिए ।

यसअघि सोमबार सुमनाले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्रकृति लम्सालको मृत्युबारे कुरा उठाउन खोजे पनि सभामुख घिमिरेले समय दिएका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us