सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपी नेतृत्वमा छानबिन समिति गठन

काठमाण्डु टुडे २०८१ फागुन ६ गते १४:१० मा प्रकाशित

काठमाण्डू, ६ फागुन– मधेश प्रदेश प्रहरी कार्यालयले सिरहाको नवराजपुरकी रिंकु सादय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न छानबिन समिति बनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिती गठन गरीएको हो ।

उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जानकारी दिएको छ । सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य सुरु गरेको छ ।

गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलिया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डेको अवस्थामा फेला परेकी थिइन् ।

घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत भएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us