भूमाफियाको स्वार्थ पूरा गर्न ओलीले अध्यादेश ल्याएः भीम रावल

काठमाण्डु टुडे २०८१ फागुन ६ गते ११:५७ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबारे १५ बुँदे टिप्पणी गरेका छन । जसमा सरकारले ल्याएका अध्यादेश देखि ओलीको पार्टी सञ्चालन र सरकार सञ्चालनसम्मका विषय समावेश गरेका छन ।

उनले भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएको आरोप समेत लगाएका छन । त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषद्बाटै गरेको भनेर समेत प्रश्न गरेका छन ।

भूमिसम्बन्धी अध्यादेश जनविरोधी भएको रावलले बताएका छन् । फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई स्पष्टीकरणसम्म पनि नसोध्ने प्रवृति ओलीको रहेको रावलको अर्को टिप्पणी छ ।

रावल एमालेका पूर्व उपाध्यक्ष समेत हुन । उनलाई केहि समय अधि मात्रै एमालेले पार्टीबाट निष्काशन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us