प्रधानमन्त्रीले भ्रष्टाचारको फाइल खोल्दैन, मसँग भ्रष्टाचारका फाइल छैनन्ः ओली

काठमाण्डु टुडे २०८१ फागुन ६ गते ९:५६ मा प्रकाशित

दाङ, ६ फागुन- प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीसँग भ्रष्टाचारका फाइन नहुने तर्क गरेका छन् ।

एमाले दाङले घोराहीमा सोमबार गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले अहिले आफू प्रधानमन्त्री रहेको तर, भ्रष्टाचारका फाइल आफूसँग नरहेको बताए ।

पूर्ववर्ती सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका फाइल खोलेपछि आफूलाई पदबाट हटाइएको अभिव्यक्ति दिँदै हिंडेको भन्दै ओलीले त्यस्ता फाइल प्रधानमन्त्रीसँग नहुने बताएका छन् । आफूलाई भ्रष्टाचारी भन्दै हिंडेका प्रचण्ड नै देशका सबैभन्दा ठूलो लुटेरा भएको आरोप ओलीको थियो ।

‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिंडेका छन्’, ओलीले भने, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुदैन् । म पनि प्रधानमन्त्री छु । मसँग त छैन ।’

माओवादीले खोक्रो बनाएको अर्थतन्त्र एमालेले बनाउने दाबी पनि उनले गरे । माओवादी विदेशी इशारामा काम गर्ने शक्ति भएको आरोप लगाउँदै ओलीले विदेशीको इशारामा चल्नेहरु आफैं सक्किने टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us