प्रधानमन्त्री ओलीद्वारा एक वर्षअघि नै सञ्चालनमा आएको कोमल वलीको होटल उदघाटन

काठमाण्डु टुडे २०८१ फागुन ५ गते २१:४१ मा प्रकाशित

दाङ, ५ फागुन- प्रधानमन्त्री केपी ओलीले एक वर्षअघि सञ्चालनमा आएको कोमल वलीको होटलको उदघाटन गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका ६, टरीगाउँमा वलीले सञ्चालन गरेको कोमल होटल एण्ड रिसोर्टको प्रधानमन्त्री ओलीले सोमबार उद्घाटन गरे ।

यद्यपि उक्त होटल एक वर्षअघि नै सञ्चालनमा आएको हो । प्रधानमन्त्री ओली लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्न जिल्ला आएको मौका छोपेर पुरानो होटलको उदघाटन गरेका हुन् ।

एमाले केन्द्रीय सदस्य वली पूर्वराष्ट्रिय सभा सदस्य हुन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा दाङ९३ बाट उम्मेदवार रहेकी उनी काँग्रेसका दीपक गिरीसँग पराजित भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us