दाङ, ५ फागुन- प्रधानमन्त्री केपी ओलीले शंकर पोखरेललाई चुनाव हराएको भन्दै दाङका मतदाताप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
एमाले अध्यक्षसमेत रहेका ओलीले एमाले दाङद्वारा सोमबार घोराहीमा आयोजित सभामा बोल्दै त्यहाँका मतदाताले गल्ती गरेको बताए । पोखरेलले चुनाव जितेको भए आफूलाई दाङको विकासमा काम गर्न सजिलो हुने उनको भनाइ थियो ।
‘शंकर पोखरेलले चुनाव जित्दा देशको विकास गर्न धेरै सहज हुने थियो । मलाई सजिलो हुने थियो,’ ओलीले भने, ‘यसमा तपाईंहरूले गल्ती गर्नुभयो ।’
०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पोखरेल दाङ२ बाट उम्मेदवार थिए । उनी माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए ।