प्रहरी विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

काठमाण्डु टुडे २०८१ फागुन ५ गते २०:२२ मा प्रकाशित

काठमाण्डू, ५ फागुन- प्रतिनिधिसभाले नेपाल प्रहरी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकले विधेयकमाथि विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यसअघि बैठकमा सांसदहरुले विधेयकमथिको सैद्धान्तिक छलफलमा भाग लिएका थिए ।

अब सांसदहरुले विधेयकमाथि संशोधन प्रस्ताव राख्ने छन् । त्यसका लागि ७२ घण्टाको समय उपलब्ध हुन्छ । संविधान जारी भएको १० वर्ष बित्दासमेत प्रहरी ऐन संसदमा आएको थिएन ।

२०१२ सालको प्रहरी नियमावलीका आधारमा प्रहरी परिचालित हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us