देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छः महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ फागुन ५ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन ।

आज (सोमबार) दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको पनि बताएका छन । उनले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने पनि बताए ।

भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गरे। यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उनले स्पष्ट पारे ।

विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पनि उनले बताएका छन ।

महासचिव पोखरेलले स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने पोखरेलले बताए। श्रीमणि आचार्यको नाम आफ्नै कामले जीवन्त रहेको पनि बताए ।

उनको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको पनि बताएका छन ।

दाङको कम्युनिष्ट आन्दोलनमा श्रीमणि आचार्यले दिनरात खटेर पार्टीको नेतृत्व गरेका थिए। उनको २०६४ पुस ३ गते मृत्यु भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us