काठमाण्डू, ५ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको अध्यादेशबारे व्यापक समर्थन रहेको दाबी गरेका छन । आज (सोमबार) लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै उनले अध्यादेश ल्याएपछि सबैले धन्यवाद दिएको समेत प्रधानमन्त्री ओलीले बताएका छन ।
उनले भने, ‘हामीले २९ वटा कानुन हेरफेर गर्यौँ । ६ वटा अध्यादेशमा समेट्यौँ । अध्यादेशमा व्यापक समर्थन छ । धेरैले धन्यवाद भनेका छन्, ‘विरोध गर्नै पर्ने भएकाले विरोध गर्नु बेग्लै कुरा हो ।
धेरै कानुन निर्माण गर्नुपर्छ । तीव्र गतिमा विकास गर्नका लागि अध्यादेश ल्याएको । कानुन निर्माण गर्ने काम अगाडि बढेको छ ।’