मनाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ फागुन ५ गते १३:०९ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– आज (सोमबार) मनाङ केन्द्रबिन्दु भएर बिहान भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको भ्रका भन्ने ठाउँमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बिहान ८ बजेर २२ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ३.८ म्याग्निच्युड रहेको थियो । यसअघि, माघ १० गते जुम्ला केन्द्रबिन्दु ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us