काठमाण्डू, ५ फागुन– प्रहरीले पर्साबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरीएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन । उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएक छन ।
जाँच गर्दा स्रोत खुल्न नसकेपछि भारतीय नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।