प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

काठमाण्डु टुडे २०८१ फागुन ५ गते ८:३७ मा प्रकाशित

काठमाण्डू, ५ फागुन- प्रधानमन्त्री केपी ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् ।

ओलीले मध्याह्न १२ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।

गत असार अन्तिममा प्रधानमन्त्री नियुक्त भएपछि ओलीले प्रदेशसभालाई सम्बोधन गर्न लागेको यो पहिलोपटक हो ।

बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यसूची प्रकाशन गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० मा सभालाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने उल्लेख छ ।

प्रदेश सभालाई सम्बोधन गरेपछि आजै ओलीले घोराहीमा आयोजित सभालाई सम्बोधन गर्ने र तुल्सीपुरमा एक होटलको उदघाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us