हास्यकलाकार जितु नेपाललाई मातृशोक

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १८:१७ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– हास्यकलाकार जितु नेपाल ९मुन्द्रे० लाई मातृशोक परेको छ । कालाकार जितुकी आमा योगमायाको ८९ वर्षको उमेरमा निधन भएको हो । उनी दमको रोगबाट ग्रसित थिइन् ।

लोकन्थलीस्थित आफ्नै घरमा आज बिहान ७ बजे निधन भएको उनको परिवारिक स्रोतले जानकारी दिएको छ । आज दिउँसो नै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

जितुकी आमा योगमायालाई अन्तिम श्रद्धाञ्जली दिन ‘छक्कापञ्जा’को फिल्मको टोली पशुपति आर्यघाटमा पुगेको थियो। दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, कमेडियन भरतमणी पौडेल, सुमन कोइराला, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला पनि आर्यघाट पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us