एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य छः झलनाथ खनाल

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १७:२६ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको दाबी गरेका छन । आज आइतबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेको आखिर मुख्य प्रतिद्वन्दी कांग्रेस भएपनि कांग्रेसकै बुई चढेर हिँडिरहेको पनि बताएका छन । उनले विगतमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने पनि बताएका छन । उनले क्रान्तिकारी बाटो र अडान लिएर नेकपा एकीकृत समाजवादी अगाडि बढ्न जरुरी रहेको बताए ।

समाजवाद प्राप्तिको एउटा आधारशिला नेकपा एकीकृत समाजवादी ले तयार गर्नुपर्ने पनि उनले बताएका छन । उनले भने, ‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो रु कांग्रेस नै हो । तर कांग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ । हिजो माओवादीले पनि त्यही ग¥यो । हामी पनि त्यसैतिर लागिरहेका छौँ ।

अब त हामीले सिक्यौँ की जस्तो लागेको छ । अब त्यो खालका गतिविधि हामलिे हामीले वास्तवमा क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशिला तयार पार्दै हामी संगठन निर्माण गर्दै जानुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us